विश्वविद्यालयमा तालाबन्दी नगर्नुहोस् : शिक्षामन्त्री पौडेल

लोकपथ
208
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस-हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठि’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् । उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको मागको सम्बन्धमा वार्ता तथा सहमतीबाट हल

खोज्नुपर्ने बताए । उनले आशिंक, करार लगायतका प्राध्यापकहरुको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे । एकपटकका लागि प्राध्यापकहरुको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाई छ ।

शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरुलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गरे। शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उनले बताए ।

उनले भने ‘सबै विश्वविद्यालयहरुले प्राध्यापकहरुको सहयोगमा क्यालेन्डर प्रणाली लागु गरौँ । क्यलेन्डर प्रणाली लागू नहुँदाखेरी बेथिति भएको छ । जाँच भएको लामो समयसम्म परीक्षाको रिजेल्ट ननिस्किने, परिक्षा हुन ढिलो हुने, उच्च शिक्षामा नेपालको पठन पाठन नियमित छैन भन्ने बाहिर म्यासेज गएको छ । विशेष अनुरोध छ, क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गरौँ । क्यालेन्डर प्रणाली लागू भयो भने विद्यार्थीलाई, युवाहरुलाई हामी भन्नसक्छौँ समयमा पढाई हुन्छ । समयमा रिजेल्ट निस्किन्छ । त्यसकारणले हाम्रो विश्वविद्यालय राम्रा छन् भन्नेकुरा उहाँहरुलाई भन्नसक्छौँ ।’

विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?