विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति विश्वविद्यालयहरुले उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री

लोकपथ
195
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस-हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए । उनले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए ।

उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरु प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए ।

उनले भने ‘विश्वविद्यालयको पठन–पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकहरुले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउने, देश र जनताको हीतमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ ।’

उनले विश्वविद्यालयहरुका समस्याहरुलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?