१० आश्विन २०७९, सोमवार

आयोगका पदाधिकारीको पारिश्रमिकसम्बन्धी विधेयक प्रमाणीकरण

२०७९,श्रावण,२६,बिहीवार १६:४६

54
Shares

सुर्खेत । ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

यसअघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८’ ल्याएको थियो । ऐन बनेसँगै प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा उपलब्ध गराउन सहज हुने भएको छ । योसहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भएर कानुन बनेका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा

काठमाडौं । झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनायो ।

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८