१८ आश्विन २०७९, मंगलवार

एनएसएल सकिएपछि ए डिभिजन लिग हुने

२०७९,श्रावण,२६,बिहीवार १८:१५

0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो ।

असार ६ गते सम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रुपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

१० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भने भइसकेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १८:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४