निर्वाचन आयोगमा २१ राजनीतिक दल दर्ता

लोकपथ
195
Shares

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा २१ दल दर्ता भएका छन् । आयोगका अनुसार आगामी निर्वाचनका लागि बिहीबारसम्म २१ राजनीतिक दल दर्ता भएका हुन् ।

अझै दल दर्ता हुने क्रम बढिरहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार नेकपा एमालेलगायतका दलहरु दर्ता भएका छन् । यस्तै, थप ३ दल दर्ता प्रक्रियामा रहेको आयोगले जनाएको छ । आयोगमा यसअघि १ सय १६ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?