कांग्रेस नेता गिरीको स्वास्थ्यमा क्रमिक सुधार

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएका छन् ।

सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’

घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । यस्तै, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सदस्य कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किए पनि पुनः स्वास्थ्य समस्या देखिएको छ ।

उनले ललितपुर कै नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?