प्रधानमन्त्री कार्यालयका सफाईकर्मी, माली र ड्राइभरका छोरीबाट मोदीले बाँधे राखी

लोकपथ
702
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित आफ्नै निवासमा रक्षा बन्धन मनाएका छन् । रक्षा बन्धनको अवसरमा मोदीले प्रधानमन्त्री कार्यालयमा काम गर्ने माली, ड्राइभर, सहयोगीहरुको छोरीहरुको हातबाट राखि बाधेका छन् ।

ट्वीटरमा अहिले एक भिडियो पनि सार्वजनिक भएको छ जसमा मोदी प्रधानमन्त्री कार्यलयका सफाईकर्मी, माली र ड्राइभरका छोरीसँग् राखी बाँधिरहेको देखिन्छन् । यसअघि मोदीले ट्विट गर्दै देशवासीलाई रक्षा बन्धनको शुभकामना दिएका थिए ।

दाजुभाइ र दिदीबहिनीबीचको प्रेमको प्रतीकका रूपमा साउन शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन पर्व मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?