निर्वाचन आयोगमा लोसपाले गर्‍याे दल दर्ता

लोकपथ
91
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मूल दर्ता नम्बर ९५–५०२ रहेको छ ।

मंसिर ४ मा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?