बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सम्झौता

लोकपथ
52
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि.बीच भुक्तानी सम्झौता भएको छ । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुको समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुविधाहरु दिँदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि.बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्डबाहक सेवाग्राहीहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । कार्डबाहक ग्रहाकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्ने बताइएको छ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग गर्न मिल्नेछ । साथै, मोको मार्फत स्क्यान गरी १ हजार ५ सय भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।

यससँगै आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सकिने र सेवाको प्रयोग गर्न ग्राहक महानुभावहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० वटा एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?