१२ माघ २०७९, बिहीवार

श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै हटाए प्रदर्शन स्थल

२०७९,श्रावण,२६,बिहीवार १२:५१

198
Shares

काठमाडौं । अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताए ।

नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् ।

कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भएर राजीनामा दिएका थिए ।

राजापाक्षे सिंगापुर भागेर राजीनामाको घोषणा गरेको केही दिनपछि सेनाले दरबारका साथै प्रधानमन्त्रीको घर र कार्यालयमा कब्जा जमाउने प्रदर्शनकारीलाई हटाएको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन्

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका

काठमाडौं । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६