लाल सिंह चड्डाले पायो दर्शकको साथ, बलिउडका दिग्गजहरुले दिए यस्तो प्रतिक्रिया

लोकपथ
507
Shares

काठमाडौं । रक्षाबन्धनको अवसरमा आमिर खानको फिल्म लाल सिंह चड्डा हलमा रिलिज भएको छ । बहुप्रतिक्षित चलचित्र लाल सिंह चड्डा फिल्म हलमा प्रदर्शनमा आएसँगै फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । फिल्मले रिलिजपछि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म फिल्मको तारिफ भइरहेको छ । फिल्मको कथासँगै आमिर खानको अभिनयलाई पनि दर्शकले रुचाइरहेका छन् ।

यसैबीच फिल्मलाई लिएर सेलिब्रेटीको प्रतिक्रिया पनि आइरहेको छ । बलिउडका कयौं दिग्गज कलाकारले सामाजिक सञ्जालमा फिल्मलाई लिएर आफ्नो प्रतिक्रिया दिएका छन् ।

सुस्मिता सेन :

बलिउड अभिनेत्री सुस्मिता सेनले आमिरको नयाँ फिल्मको खुलेर तारिफ गरेकी छिन् ।

उनले ट्विट गर्दै फिल्मलाई शानदार भनेकी छन् । सुस्मिताले ट्विट गरिन्, ‘सुन्दर प्रदर्शन ११ लालसिंह चड्डाको सम्पूर्ण टिमलाई बधाई छ। फिल्म हेर्दा राम्रो लाग्यो।

हंसल मेहता : 

चर्चित फिल्म निर्देशक हंसल मेहताले पनि फिल्मको तारिफ गरेका छन् । योसँगै फिल्म लगानका निर्देशकले पनि फिल्मको तारिफ गरेका छन् ।

आशुतोष गोवारीकर : 

आशुतोष गोवारीकरले ट्विटर मार्फट आमिरलाई बधाइ दिएका छन् ।

उनले ट्विट गरेका छन् आमिर-करीनाको अभिनय मन पर्यो…अतुलको स्क्रिप्ट र अद्वैतको निर्देशन अद्भुत छ। यो फिल्मको लागि सम्पूर्ण टिमलाई बधाई छ ।

फ्यानहरू लामो समयदेखि लाल सिंह चड्डाको पर्खाइमा थिए । यो फिल्मबाट आमिर चार वर्षपछि कमब्याक गरेका छन् । आमिरलाई फेरि ठूलो पर्दामा देख्दा फ्यानहरु निकै खुसी छन् ।

फिल्ममा आमिर बाहेक नागा चैतन्य, करीना कपुर खान र मोना सिंहको पनि अभिनय रहेको छ । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?