१७ आश्विन २०७९, सोमवार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन

२०७९,श्रावण,२६,बिहीवार १२:०५

90
Shares

तेह्रथुम । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो । तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बूले बताए ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमन प्रभावकारी बन्न थालेको हो । नियमित रूपमा बजार अनुगमन हुन थालेपछि व्यवसायीहरूले म्याद गुज्रेको वस्तुलाई व्यवस्थापन गर्ने गरेका छन् । बजार केन्द्रहरूमा नियमित अनुगमनलाई निरन्तरता दिँदै जाने हो भने व्यवसायी र ग्राहकसमेत सचेत बन्दै जाने व्यवसायी चुडामणि जोशीले बताए । उनी भन्छन्, ‘बजारलाई सकेसम्म मासिक नभए पनि तीन महिनामा एकपटक अनुगमन गर्न आवश्यक छ । ग्राहकहरूले म्याद रहेको खाद्यवस्तु मात्रै पाउनेछन् ।’

अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनका आधारमा पछिल्लो समय सुधार हुँदै गएको हो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हार्डवयेर पसलहरूमा म्याद सकिएका वस्तु भेटिएको टोलीले जनाएको छ । नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उद्योगी व्यवसायीहरूलाई सल्लाह र परामर्श दिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए । जिल्ला सदरमुकाम म्याङलुङ, जिरीखिम्ती बजार, लसुने,बसन्तपुर बजार, छथर शुक्रबारे, पोक्लाबाङ बजार, मोराहाङ बजार, आठराई संग्रान्तीलगायतका बजारमा अनुगमन हुँदै आएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १२:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘दसैँ महोत्सव २०७९’ अन्तर्गत दुई

काठमाडौं । अटो एक्स्पो दसैँ कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५