सन् २०१२ देखि अमेरिकी पत्रकार सिरियामा बेपत्ता

लोकपथ
78
Shares

काठमाडौं । एक दशकअघि अपहरणमा परेका अमेरिकी पत्रकारलाई सिरियाली सरकारले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । अस्टिन टाईसलाई देशको गृहयुद्ध कभर गर्ने क्रममा १४ अगस्ट २०१२ मा दमास्कस नजिकै बन्धक गरिएको उनको परिवारले जनाएको छ ।

‘हामीलाई पक्का थाहा छ कि उनलाई सिरियाली शासनले नियन्त्रणमा राखेको छ’, बाइडेनले भने । अस्टिनलाई स्वदेश फर्काउने कार्यमा अमेरिकालाई सहयोग गर्न पनि सिरियालाई आह्वान गरेका छन् ।

सिरियाली राष्ट्रपति बसर अल–असदले आफ्नो सरकारले श्री टाइसलाई नियन्त्रणमा राखेको पुष्टि गरेका छैनन्। अन्य शीर्ष सिरियाली अधिकारीहरूले यसअघि अमेरिकीलाई हिरासतमा राख्न अस्वीकार गरेका थिए।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?