उत्तर कोरियाली नेता किम जोङ-अुन लाई भएको थियो कोभिड-१९

लोकपथ
208
Shares
{“caption”:”u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0915u0947u0938u0940u090fu0928u090f”,”photographer”:””,”alt_text”:””}

प्योङयाङ । उत्तर कोरियाका किम जोङ–अुन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ ।

उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छिन् । दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चाहरु पठाइदिएको उनले आरोप लगाइन् । तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले देशले कोभिडमाथि विजयी घोषणा गरिरहेका बेला उनकी बहिनी जोङले आफ्ना दाजुलाई पनि ज्वरो आएको बताएकी हुन् ।

उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । प्रारम्भिक दिनमा उसले कुनै परीक्षण पनि गरेको थिएन् ।

उत्तर कोरियामा सुरुमा मे महिनामा महामारी फैलिएको थियो । त्यसलगत्तै संक्रमण र मृत्युका घटना बढेका थिए । तर, उत्तर कोरियाले कोभिडबाट सार्वजनिक गरेको मृत्यु र संक्रमणको तथ्यांकबारे चौतर्फी आशंका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?