गठबन्धन कार्यदलको बैठक बस्दै : दलहरूले आ–आफ्नो सिटमा दाबी प्रस्तुत गर्ने

लोकपथ
78
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न पाँच दलीय गठबन्धनले निर्माण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन–कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन् ।

कार्यदलको बैठकमा सबै दलले आ–आफनो सिटका बारेमा दाबी पेश गर्नेछन र सो दाबीअनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन् । सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?