१७ आश्विन २०७९, सोमवार

ताइवानमाथिको चिनियाँ दवाब सामान्य बनाउन दिन्नौँ : अमेरिका

२०७९,श्रावण,२६,बिहीवार १०:३२

90
Shares

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दवाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन् ।

चीनले आफ्नो दाबी गरिएको टापुको भ्रमणपछि केही बेइजिङको सैन्य अभ्यासलाई लिएर उनको भनाइ आएको हो ।

‘चीनले ताइवान माथिको नयाँ दबाबलाई सामान्यकरण गर्न खोजेको पायौँ । र हामी त्यसो हुन दिन सक्दैनौं’, पेलोसीले एसिया भ्रमणका क्रममा उनीसँगै यात्रा गरेका अन्य चार डेमोक्र्याटिक हाउसका सदस्यहरूसँगको पत्रकार सम्मेलनमा भनिन् ।

चीनले ताइवान वरपर ‘विभिन्न कार्य’ पूरा गरेको तर तर नियमित गस्ती जारी राख्ने जनाएको छ । स्वशासित टापुमा दबाब जारी राख्ने जनाएको छ ।

ताइवान टापुको वरपर समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतवार समाप्त भएपछि ताइवान वरिपरि ठूलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ ।

चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १०:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । समाचार एजेन्सी

सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ ।

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार

तेहरान । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका

ताजा समाचार

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००
पोखरा–बागलुङ-बेनी सडकमा ‘टाइमकार्ड’
 २०७९,आश्विन,१७,सोमवार ११:१५