१६ मङ्सिर २०८०, शनिवार

कतार विश्वकप : उद्घाटन खेल एकदिन अगाडी सार्ने प्रस्ताव

२०७९,श्रावण,२६,बिहीवार १०:२३

270
Shares

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।

सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ।

जसअनुुसार यस अघि नोभेम्बर २१ बाट सुरु हुने तय भएको विश्वकप अब नोभेम्बर २० बाटै सुरु हुनेछ। सो निर्णय सँगै उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरको सामना गर्नेछ। यसअघि तेस्रो खेलका रुपमा तय गरिएको घरेलु टोली कतार र इक्वेडरबीचको खेललाई उद्घाटनका दिन खेलाउन लागिएको हो।

यसअघि उद्घाटन खेलमा सेनेगल र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुने तय भएको थियो।

तर, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन भने अनिवार्य रुपमा हुनुपर्नेछ, जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्नेछ । सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गर्ने छन्। ​

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका

ललितपुर । सैबु भलिबल क्लबद्वारा आयोजित दोस्रो खुला ब्याडमिन्टन प्रतियोगितामा चार टिम बिजयी भएका छन् । आज आयोजित प्रतियोगिताको उद्घाटन

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट खेलको लागि स्टेडियम निर्माण

काठमाडौं । अस्ट्रेलियाविरुद्धको टी २० क्रिकेट सिरिज भारतले १ खेल अगावै जितेको छ । चौथो टी–२० मा अष्ट्रेलियालाई २० रनले

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३