बैंक अफ काठमाण्डू र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

लोकपथ
65
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्ने छन् । बैंकका कार्डबाहकहरुले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ ।

भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहकहरुले मोको मार्फत स्क्यान गरी १५ सय भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।

यस संगै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सकिने छ । यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्ने छ ।

हालसम्म बैंकले एक सय तीन वटा शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?