लोकपथ टप फिप्टिन हेडलाइन्स : निर्वाचनले गर्माएकाे माहाेलदेखि जुत्ता कारखानामा आगलागीसम्म

लोकपथ
143
Shares

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप ४ दलसहित हालसम्म १६ दलले गराए दल दर्ता ।

२. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगबारे छलफल गर्न गठित सिफारिस समितिको बैठक अझै बस्न सकेन, महाअभियोग सिफारिस समितिलाई आफ्नो काम चाँडै सक्न सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन ।

३ निर्वाचन आयोगले गर्यो मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान, इमेल, फ्याक्स तथा अनलाइनबाटै नामावली अद्यावधिकका लागि निवेदन दिन सकिने, आयोगले भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने ।

४. नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको असन्तुष्टि, विधेयक प्रमाणीकरण गर्न ढिला हुन नहुने भनाइ ।

५. प्रतिनिधिसभाबाट तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक बहुमतले पारित, सरकारको तथ्यांक विश्वसनीय हुनुपर्नेमा सांसदहरूको जोड ।

६. राज्यलाई ट्रयापमा पार्ने गिरोहहरुलाई नछोड्ने सहरी विकासमन्त्री मेटमणि चौधरीको चेतावनी, ठेकेदारहरुको नाफामूखि सोचले अधिकांश सहर बिग्रिएको आरोप ।

७. बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा विषण आगलागी, आगलागीबाट जुत्ता कारखाना पूर्ण रुपमा ध्वस्त, क्षतिको विवरण भने आउन बाँकी ।

८.. पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ४१४ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु ।

९. बझाङमा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा मृत फेला, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी ।

१०. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी, भौतिक संरचना निर्माणको काम बाँकी नै रहे पनि १ जनवरी २०२३ मा विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने मिति तय ।

११. सोमबार यता सेयर बजारमा निरन्तर गिरावट, बुधबार नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७ बिन्दुमा कारोबार रोकियो, कारोबार रकम पनि घट्यो ।

१२. बिजेपीसँगको गठबन्धन तोड्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमार फेरि बने बिहारको मुख्यमन्त्री, ८ पटक मुख्यमन्त्री बनेर इतिहास बनाएका नितिश कुमार २०२४ मा हुने लोकसभा चुनावको तयारीमा रहेको आँकलन ।

१३. युक्रेनको मध्यभागमा रुसले गोलाबारी गर्दा कम्तीमा १२ जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने युक्रेनी अधिकारीहरुको भनाई ।

१४. नेपाली राष्ट्रिय क्रिकेट टोली टी–ट्वान्टी र एकदिवसीय सिरिजका लागि भदौ पहिलो साता केन्या जाँदै, घरेलु टोली केन्यासँग नेपालले ५ टी–ट्वान्टी र ३ एकदिवसीय सिरिज खेल्ने ।

१५. यौन दुव्र्यवहारको आरोपमा लागेका बेलायतका ट्रयाक प्रशिक्षक टोनी मिनिचिल्लोलाई आजीवन प्रतिबन्ध, टोनी शारीरिक यौन दुव्र्यवहारसहित चार आरोपमा दोषी ठहर ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?