घोषणापत्र र उम्मेदवार छनोटको मापदण्ड तयार गर्दै एकीकृत समाजवादी

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घोषणापत्र तयारी समिति बनाएको छ । ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि पार्टीले आज समिति तयार गरेको हो ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव बेदूराम भुसाललाई दिएको छ ।

त्यस्तै, निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ भने निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?