१३ माघ २०७९, शुक्रवार

नेपाल बैंक र त्रिविको व्यवस्थापन विभागबीच सम्झौता, विद्यार्थीहरुले बैंकमा इन्टर्नशिप गर्न पाउने

२०७९,श्रावण,२५,बुधबार १९:११

63
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरु मार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछन् ।

बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउने र सो सूची अन्तर्गतका प्राध्यापकहरुलाई आवश्यकताअनुसा र बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्ने बताइएको छ ।

त्यसैगरी, बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी तीस हजार नगद प्रदान गर्ने छ ।

बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एक जना छात्र र एक जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।

मंगलबार नेपाल बैंकको प्रधान कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले त्रिवि व्यवस्थापन केन्द्रीय विभाग सँगको सहकार्यले नेपाल बैंकको अनुसन्धान सम्बन्धी कार्यमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका निमित्त विभागीय प्रमुख सह प्राध्यापक नवराज अधिकारीले नेपालको पहिलो बैंकसँग आफ्ना विद्यार्थी र प्राध्यापकहरुले अनुसन्धानात्मक कार्यमा सहकार्य गर्नु गर्वको विषय रहेको धारणा राखे साथै उनले सो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यबाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा त्रिवि व्यवस्थापन विभागका एमविए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञान मणी अधिकारी, सह–प्राध्यापक डा.धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा. भरतसिंह थापाको समेत उपस्थिती रहेको थियो ।

उता बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कम्पनी सचिव केशब भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार १९:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ । नगरपालिकाले उपलब्ध गराएको

वीरजंग । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको

काठमाडौं । द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पूर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम सम्पन्न गरेको छ

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप रू दश लाख दिने घोषणा गरेको छ

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६