१३ चैत्र २०७९, सोमवार

स्वदेश फिर्तापछि प्रचण्डले भने- ‘फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्छ’

२०७९,श्रावण,२५,बुधबार १८:२०

99
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले फोहोर व्यवस्थापनमा जापानबाट सिक्नुपर्ने बताए । आफ्नो भ्रमणबाट जापानमा रहेका नेपालीहरू धेरै नै खुसी भएको समेत उनले बताए ।

यसका साथै प्रण्डले फोहो व्यवस्थापनकै लागि जापानसँग सहयोग मागेको बताएका छन् । ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । जापान फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ । कतै फोहोर नै नदेखिने बनाएका रहेछन्,’ उनले भने ।

जापानको हाइड्रो, कृषि र भौतिक संरचना आवश्यकता भएको विषयमा छलफल भएको प्रचण्डले बताए । उनले नेपाल जापानबीच प्रविधिको सहयोगबारे छलफल भएको बताए ।

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार १८:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६