हालसम्म १६ दल दर्ता

लोकपथ
104
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको दल दर्ता प्रकृया अगाडी बढाएको छ ।

आईतबारबाट सुरु भएको दल दर्ता प्रकृयाको आज (बुधबार) चौंथो दिनसम्म आइपुग्दा आयोगमा १६ वटा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पौडेलका अनुसार हालसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक पार्टीहरु आयोगमा दर्ता भएपनि सत्तारुढ दल नेपाली कांग्रेस, सत्ता गठबन्धनमा आवद्ध ठूलो पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल दर्ता भएका छैनन् ।

निर्वाचनमा सहभागि हुन एकपटक आयोगमा दर्ता भएका राजनीतिक दलले पनि पुनः दर्ता गनुपर्ने कानूनी व्यवस्था रहेको छ । सरकारले आउँदो मंसिर ४ गते आईतबारका लागि निर्वाचन मिति तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?