६ करोडको लगीमा सुर्खेतमा बन्यो फिस्टुला अस्पताल

युवराज पंगाली । सुर्खेत ।  सुर्खेतमा ६ करोडको  लगानीमा फिस्टुला अस्पताल  निर्माण गगरिएको छ ।     

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँको हाताभित्रै फिस्टुला अस्पतालको निर्माण गरिएकाको हो ।

१७ शैयाको उक्त अस्पतालको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । 

अस्पताल बिएमजी टेराटेक जर्मनी र आईएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नम्बर ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरुलाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इन्चार्ज कृपा चौधरीले जानकारी दिए । 

फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलाहरु उपचारका लागि धरान र काठमाडौं जानु पर्ने बाध्यता थियो । तर, अब त्यो बाध्यता हट्ने भएको छ । 

सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको अप्रेसन गरिदै आएको थियो । यो अवधिमा २ सय ५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

आईएनएफले जिल्लामा प्रत्येक वर्ष फिस्टुलाको शिविर सञ्चालन गर्ने गरेपनि नियमित उपचारका लागि भने विरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

‘अब आफ्नै भवनबाट दैनिक रुपमा विषशेज्ञ सेवा दिइनेछ,’ इन्चार्ज चौधरीले भनिन्, ‘फिस्टुलाको उपचार निःशुल्क हुने हुँदा गरिब तथा असहाय विरामीलाई झनै सहयोग पुग्ने छ ।’ उनका अनुसार फिस्टुलाको विरामी र कुरुवालाई आउन जान लाग्ने खर्च र उपचार निःशुल्क गर्ने व्यवस्था छ ।

क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका विरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । विरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका विरामी कति छन् भन्ने एकीन तथ्याङ्क नभएको खड्काले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?