१७ आश्विन २०७९, सोमवार

ऐसेलुखर्कमा गाउँ प्रहरी : ३ जना माग्दा ३५ जनाको आवेदन

२०७९,श्रावण,२५,बुधबार २१:४३

0
Shares

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो ।

२१ असारसम्म दरखास्त म्याद दिएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको गाउँपालिकाले जनाएको छ । बढ्दो बेरोजगारीको समस्याले गाउँ प्रहरीका लागि पनि अधिक आवेदन परेको हो । गाउँपालिकाले खुल्ला प्रतियोगीताद्धारा समाबेसी प्रावधानअनुसार करारमा गाउँ प्रहरी भर्ना गर्न लागेको हो । गाउँ प्रहरी छनौटका लागि आगामी २८ साउनमा परीक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् ।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवासुविधा पाउनेगरी १४ फागुन ०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । तर, कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गर्न लागिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा सुरक्षागार्ड नियुक्त गरिएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार २१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ । नेपालमा मुख्यतः

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९