रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न

लोकपथ
13
Shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफनो वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुने वार्षिक राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गरेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्पन्न भएको हो ।

यो सम्मेलन विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरुबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार विस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्तरक्रिया भएको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्सको देशभर रहेका १२४ शाखा र केन्द्रिय कार्यालयबाट चितवनमा जम्मा प्रतिनिधिहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतराकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यवसायिक बिचार र लक्ष्य बोकेर एकै उदेश्यका लागि हामी यहाँ एकै ठाउँमा भेला भई आगामी बर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि एक कोषेढुङ्गा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र विगत बर्षको व्यवसायिक समीक्षा गरेका थिए ।

दुइदिनसम्म संचालन भएको सो बार्षिक राष्ट्रिय सम्मेलनमा वर्षभरिमा उत्कृष्ट व्यवसाय गर्ने शाखा, उपशाखा, क्षेत्रिय कार्यालय साथै बिभिन्न व्यवसायिक उपलब्धि को आधारमा समेत सम्मान गरिएको थियो र सो कार्यक्रमको अन्तिम दिन कम्पनीका रिलायन्स साथीहरुलाई व्यवसायिक उपलब्धिको आधारमा सम्मान एवं पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?