इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

लोकपथ
117
Shares

काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो ।

नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन् । गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ ।

‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?