एलिजाको फिल्म ‘अनुराग’ को गीत रिलिज (भिडियो)

काठमाडौं । चलचित्र ‘अनुराग’ को नयाँ गीत सार्वजनिक गरिएको छ । यही महिनाको १२ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मले युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको गीतमा सत्यराज एसआरसीका शब्द छन् भने गीतलाई प्रताप दासले गाएका हुन् । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज र सरोज पोखरेलको संगीत छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको यो फिल्ममा समुद्र पण्डित र एलिजा गौतमको जोडी देख्न सकिन्छ । एलिजा धमलाकी पत्नीसमेत हुन् । उनकै कारणले गर्दा फिल्म चर्चामा छ ।

‘तिम्रो स्वरमा’ बोलको गीतमा माया प्रेमका कुरालाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?