१८ आश्विन २०७९, मंगलवार

टेबल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टुको बिदाई

२०७९,श्रावण,२५,बुधबार ११:०८

108
Shares

काठमाडौं । टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई मंगलबार एक कार्यक्रमविच अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामना सहित बिदाई गरेको छ ।

संघको लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजबैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर विदाई गरे ।

यस्तै, श्रेष्ठलाई संघका बरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीलगायतले खादा, अविरसहित उज्वल भविष्यको लागि शुभकामनासहित बिदाई गरे ।

राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्यन गर्नका लागि अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम छ । ३ पटकको च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

 

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४