लोकपथ टप फिप्टिन हेडलाइन्स : वैदेशिक लगानीकाे सीमा घटाउने तयारीदेखि प्रहरीकाे फन्दामा हुण्डी कारोबारीसम्म

लोकपथ
117
Shares

१. मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने क्रम जारी, तेस्रो दिन नेकपा एमालेले आयोगमा पुगेर गरायो दल दर्ता, दल दर्ता गर्ने १० औँ नम्बरमा एमाले ।

२. अंकभार प्रणालीबाट लाइसेन्सको परीक्षा लिन सातै प्रदेश सहमत, नयाँ निर्देशिका अनुसार ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने, सामान्य गल्ती भए पनि लाइसेन्स भने पाइने ।

३. जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा जापानका सत्तारुढ दलका वरिष्ठ नेतासँग भेटवार्ता, दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणको तय गर्नेबारे छलफल ।

४. वैदेशिक लगानीको सीमा घटाउने सरकारको तयारी, ५ करोडको सीमा घटाएर अब २ करोडसम्म लगानी ल्याउन मिल्ने व्यवस्था गरिँदै ।

५. सबै प्रदेशहरुमा स्मार्ट लाइसेन्स छाप्न दिन सरकार तयार, अब प्रदेशस्थित यातायात कार्यालयहरुबाटै लाइसेन्स छपाइ गरिने, ट्रायल पास भएकै दिन परीक्षणकालीन लाइसेन्स जारी गर्न प्रदेशका यातायात मन्त्रीहरु सहमत ।

६. नर्भिक अस्पताललाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो काठमाडौं महानगर, सरकारी जग्गामा अवैध संरचना बनाएको विषयमा अध्ययन गर्न महानगर र अस्पतालका प्रतिनिधि रहने गरी अध्ययन समिति बनाइने ।

७. आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धनलाई प्राथमिकतामा नराखेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ, गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने सहकार्य हुन सक्ने ।

८. पछिल्लो २४ घण्टामा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५ हजार ८ सय ६ जना सक्रिय संक्रमित, २ जनाको मृत्यु ।

९. नेपाली उद्योगलाई सरकारले प्रोत्साहन गर्न नसकेको उद्योगीहरुको आरोप, बजेटमा दिएको छुटले नेपाली स्यानिटरी प्याड उद्योग धराशायी बन्दै, आयातित प्याडमा दिइएको छुट तत्काल फिर्ता गर्न स्वदेशी प्याड उद्योगीहरुको माग ।

१०. राजधानीमा हुण्डी कारोबारी सक्रिय भएसँगै प्रहरीले बढायो निगरानी, हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकसहित तीन जना पक्राउ, ७४ लाख रुपैयाँ बरामद ।

११. मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से ४५.४२ अंकले घट्दा २ अर्ब ८१ करोड कारोबार, १७१ कम्पनीको सेयर मूल्य घट्यो ।

१२ अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा एफबीआईको छापा, छापामार्ने क्रममा एफबीआइ एजेन्टहरूले आफ्नो सेफसमेत तोडेको ट्रम्पको दाबी ।

१३ केन्यामा आज राष्ट्रपति चयनका लागि चुनाव हुँदै, राष्ट्रपतिको रेसमा राईला ओडिङ्गा र विलियम रुटोबीच कडा टक्कर हुने अपेक्षा ।

१४. अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि ४ नयाँ एजेन्डा थप, कार्यसमिति बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्दै ।

१५. नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने बागतमी प्रदेश सरकारको निर्णय, प्रतियोगितामा प्रदेश सरकारले ३६ खेलमा प्रतिस्पर्धा गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?