समाचारकै कारण सञ्चार माध्यामहरुलाई स्पष्टिकरण लिन नपराेस् : निर्वाचन आयाेग

लोकपथ
65
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रशारण तथा प्रकाशित गर्न सञ्चार माध्यामहरुलाई आग्र गरेका छन् ।

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई निर्वाचनको सिद्धान्त विपरित फरक फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रशारण तथा प्रकाशन गर्न सञ्चार माध्यामलाई आग्रह गरेका हुन् ।

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैसँग साझेदारी गरिरहेको सञ्चार माध्यामसँग निर्वाचन आयोगले स्पष्टिकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चार माध्यामहरुलाई सचेत बनाएका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे ।
त्यस्तै, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि सूचना प्रशारण तथा प्रकाशन गर्दा पनि समाचार माध्यमहरुले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरुलाई समान हैसियत अनुसारको व्यवहार गर्नुपर्ने बताए । प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन मंसीर ४ गते आईताबार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?