संसद अधिवेशन अझै केही समय चल्छ : कानुनमन्त्री कोइराला

लोकपथ
78
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले चालु संसद अधिवेशन अझै केही समय चल्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री शर्माले चालु संसद अधिवेशन केही समय अझै चल्ने बताएका हुन् ।

उनले यो संसदले धेरै कानूनहरु बनाउन बाँकी रहेको उल्लेख गर्दै सम्भव भएसम्मका कानूनहरु बनाइने बताए । मन्त्री शर्माले राज्यको विभिन्न क्षेत्रमा अझैपनि सकारात्मक विभेद आवश्यक रहेको पनि बताए ।

राजनीतिक क्षेत्रको अलावा लोकसेवा आयोगले समेत सकारात्मक विभेदको व्यवस्था गरेको भन्दै अरु ठाउँहरुमा पनि सकारात्मक विभेद गर्नुपर्ने उनको भनाई थियो ।

उनले भन्ने,‘कानून संशोधनको निर्वाचन आयोगले गरिरहेको प्रयासलाई केही कानुनहरु अझै संसदमा ल्याउँछौँ र यो संसद चल्छ । यो संसदले अझै थुप्रै कानूनहरु बनाउन बाँकी छ । यो संसद चल्ने भएको हुनाले सम्भव हुने चिजहरु आयो र त्यसले सुधार गर्ने भयो भने सरकार अहिले पनि त्यसलाई अगाडी बढाउन तयार छ । केही कुरामा सकारात्मक विभेदको स्कोप अहिले पनि छ । जति हामीले राजनीतिक सहभागितामा गरेका छौँ नि । अरु कुरामा सकारात्मक विभेदहरु अरु अरु ठाउँमा पनि शुरु गर्नुपर्छ । अरु ठाउँमा पनि गरिएको छ नगरिएको होइन । तर अहिलेको मोडल रिभ्यु हुन आवश्यक छ ।’

हरेक कानुनहरु लैंगिक समतायुक्त बनाउनुपर्ने बताउँदै उनले महिलाको मर्यादालाई अवमूल्यन गर्ने हानिकारक सामाजिक अभ्यास र कुप्रथाविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?