फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल गरियो !

लोकपथ
520
Shares

काठमाडौं । गएराति काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रयोग गर्दै आएका सवारी साधनहरुमाथि तोडफोड भयो । नुवाकोटको बञ्चरेडाँडा स्थित स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने दुई वटा डोजर, एउटा एस्काभेटर तथा फोहोर बोकेर गएका रात परेर खन्याउन नपाएका सवारी साधनहरुमा आलेटार नजिक तोडफोड भएको हो । फोहोर व्यवस्थापनमा प्रयोग भएका गाडी तोडफोड भएपछि महानगरले भने आफूहरुलाई सोचे अनुरुप काम गर्न नदिएको प्रतिकृया दिएको छ ।

आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरप्रमुख बालेन्द्र शाह (बालेन)ले फोहोर व्यवस्थापनप्रति महानगर सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल रहेको र यसलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन् ।

उनले बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याएर रोक्ने प्रयास भएको बताए । हिजो भएको घटनालाई पनि मेयर शाहले ‘फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेल’ भनेका हुन् ।

कानूनीरुपमा फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको बताएका शाहले कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्नेमा महानगर स्पष्ट रहेको प्रतिकृया दिएका छन् । तोडफोड गर्नेहरुबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउनुपर्ने बताएका उनले यसकालागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको उल्लेख गरे ।

केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न नसकिने भन्दै विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैलाई नगर्नसमेत आग्रह गरेका छन् ।

यस्ताे छ बालेनकाे फेसबुक स्टाटस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?