ग्लोबल आइएमई बैंकका ग्राहकहरुले माया मेट्रो अस्पतालमा छुट पाउने

लोकपथ
156
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् ।

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेश गर्नुपर्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसंग यस्ता सम्झौताहरु गरी समयसापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

मुलुकका ७७ वटै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?