“सुपर डान्सर नेपाल”लाई डिशहोमको साथ

लोकपथ
78
Shares

काठमाडौं । भारतीय रियालिटि शोको फ्रेन्चाईज प्रोडक्ट “सुपर डान्सर नेपाल” लाई डिशहोमको साथ दिने भएको छ ।

आउँदो सातादेखी कान्तिपुर टेलिभिजनमा प्रशारण हुने उक्त शोको प्रायोजन डिशहोम फाईवरनेटले गर्ने जनाएको छ ।

“सुपर डान्सर” भारतमा समेत अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको बालबालिका र परिवारलक्षित टेलिभिजन रियालिटि शो हो । जसमा चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने गर्दछ ।

पहिलो पटक नेपालमा हुन लागेको “सुपर डान्सर”को निर्णायकमा भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन्द्र राई रहनेछन् ।

नेपालभर विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, र नेपालगञ्ज लगायतका स्थानहरुमा फिजिकल अडिसन सम्पन्न भईसकेको र नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कार्यक्रमको होस्टमा अभिनेता विल्सन बिक्रम राई र नृत्याङ्गनामा कविता नेपाली रहने छन् । हरेक हप्ताको बिहीबार र शुक्रबार प्रशारण हुने “सुपर डान्सर नेपाल” कान्तिपुर टिभी एचडीमा श्रावण २६ गते राती ९ बजेदेखी प्रसारणमा आउदैँछ।

जसको ईन्टरनेट पार्टनर डिशहोम फाईवरनेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?