सेयर बजारमा उच्च अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

लोकपथ
286
Shares

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ ।

आज सेयर बजार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ बिन्दुमा पुगेको छ । यता ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले बढेर ३६९.४२ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह राताम्य बनेको छ ।

आज ९ वटा मात्र कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नागरिक लगानी कोषको सर्वाधिक १५ करोड १० लाख ९७ हजार रुपैयाँको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?