दशौँ नम्बरमा दर्ता भयो एमाले

लोकपथ
559
Shares

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ता गरेको हो ।

मंगलबार दिउँसो एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले लोकपथलाई जानकारी दिए । उनका अनुसार एमालेले आज दशौँ नम्बरमा दल दर्ता गरेको हो ।

नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको सहप्रवक्ता अर्यालले बताए ।

उनका अनुसार दल दर्ताको तेस्रो दिनसम्म आईपुग्दा नेकपा एमालेसहित दश वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् ।

दल दर्ता आह्वानको पहिलो दिन आइतबार पाँच वटा दल दर्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?