काठमाडौं । सरकारले आगामी साउन ४ गतेका लागि निर्वाचन घोषणा गरेसँगै देशमा निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ ।
सरकारले घोषणा गरेसँगै निर्वाचन आयोगले त्यसको तयारी तिव्र बनाएको छ ।
त्यससँगै आयोगले साउन २२ गते आइतबारबाट साउन ३१ गतेसम्म दल दर्ताको लागि आह्वान गरेको छ । त्यसअनुसार निर्वाचनमा सहभागि हुनका लागि २०७९ साल साउन १९ गतेसम्म दर्ता हुन आएका दलहरुले निर्वाचन प्रयोजनका लागि दर्ता गर्न आग्रह गरेको छ ।
निर्वाचन प्रयोजनको लागि दर्ता गर्ने राजनीतिक पार्टीहरुले दल सम्बन्धि विवरणहरु राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जाल लगायतको खाता आदी उल्लेख गर्नुपर्दछ ।
त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति लगायतका कागजपत्रहरु उल्लेख गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया