नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग

लोकपथ
351
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानित नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?