प्रचण्ड स्वदेश फिर्ता भएपछि मात्र कर्णालीले मन्त्री पाउने

लोकपथ
130
Shares

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फिर्तापछि मात्र नयाँ मन्त्री पाउने भएको छ ।

मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएपछि माओवादी केन्द्रको भागमा परेको उक्त मलन्त्रालयमा नयाँ मन्त्री पाउन केही समय लाग्ने भएको छ ।

सोमबार माओवादी संसदीय दलको बैठकमा प्रचण्ड स्वदेश फर्केपछि मात्र नयाँ मन्त्री पठाउने विषयमा निर्णय हुने सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो ।

संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा सोमबार नै बिदा भएका छन् । संसदीय दलको बैठकमा सबै प्रदेशसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेको इन्चार्ज मल्लले बताए । उनका अनुसार डोल्पाबाट निर्वाचित वीरबहादुर शाहीलाई मन्त्री बनाउने विषयमा मोटामोटी अघिल्लोपटक नै सहमति भए पनि अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि मात्र ठोस निर्णय हुने छ । माओवादीले सबै जिल्लाबाट मन्त्री बनाए पनि डोल्पाबाट अहिलेसम्म मन्त्री बनाएको छैन । शाही विवादरहित नेतामा पर्दछन् ।

कर्णाली सरकारमा अहिले तीनदलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ। यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र कांग्रेसले मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।

११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित सातजना मन्त्री भइसकेका छन् । पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?