फाइनान्स कम्पनीहरुको नाफामा गिरावट : खुद मुनाफा आर्जनमा आईसीएफसी अगाडि

लोकपथ
117
Shares

काठमाडौं । फाइनान्स कम्पनीहरुको खुद मुनाफामा गिरावट आएको छ । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म १४ वटाले आर्थिक वर्ष २०७८-०७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांशको खुद मुनाफा घटेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुले आर्थिक वर्ष २०७८-०७९ एक अर्ब ३३ करोड ३५ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । फाइनान्स कम्पनीहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा ४२ करोड २६ लाख रुपैयाँले कम हो । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुले कुल एक अर्ब ७५ करोड ६१ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

अपरिष्कृत वित्तीय विवरण अनुसार आव २०७८-०७९ मा आईसीएफसी, पोखरा, गुहेश्वरी मर्चेन्ट, गोर्खाज, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल र समृद्धि सहितका ८ वटा फाइनान्स कम्पनीहरुको नाफा घटेको छ । त्यस्तै, गुडविल, बेष्ट, मञ्जुश्री, प्रोग्रेसिभ, नेपाल र जानकी सहितका ६ वटा फाइनान्सको खुद मुनाफा बढेको छ ।

आव २०७८-०७९ मा खुद मुनाफा घटेपनि सबैभन्दा बढी नाफा कमाउनेमा आईसीएफसी फाइनान्स अगाडि देखिएको छ भने सबैभन्दा कम नाफा कमाउनेमा समृद्धि फाइनान्स परेको छ ।

यस अवधिमा आईसीफसीले २० करोड छ लाख रुपैयाँ खुद मुनाफा कमाउँदा समृद्धिले ६४ लाख ३१ हजार रुपैंयाँ मात्र खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने आईसीएफसीले २४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा समृद्धिले २ करोड ८ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

गुडविल फाइनान्सले भने आव २०७८-०७९ मा १८ करोड ८५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा बेष्ट फाइनान्सले १६ करोड ७२ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । अघिल्लो आवमा भने यि फाइनान्सहरुको यस्तो नाफा क्रमश : १८ करोड ३१ लाख ९२ हजार र ८ करोड २३ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

मञ्जुश्री, पोखरा र गुहेश्वरी मर्चेन्ट फाइनान्सले भने आव २०७८-०७९ मा क्रमश : १० करोड ८४ लाख ३७ हजार, १० करोड १३ लाख २३ हजार र ९ करोड ७९ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी फाइनान्सहरुको यस्तो नाफा क्रमशः ४९ करोड ७२ लाख ३२ हजार, १२ करोड ७० लाख ८२ हजार र ११ करोड १७ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी गोर्खाज, श्री इन्भेष्टमेन्ट र रिलायन्सले भने आव २०७८-०७९ मा क्रमशः ९ करोड २१ लाख १३ हजार, ९ करोड १९ लाख ५० हजार र सात करोड २७ लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी फाइनान्सहरुको यस्तो नाफा क्रमश : १० करोड ४९ लाख, ११ करोड ४४ लाख ५६ हजार र १४ करोड ९५ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

आव २०७८-०७९ मा प्रोग्रेसिभ र नेपाल फाइनान्सले भने क्रमश : पाँच करोड एक लाख ४८ हजार र चार करोड ८५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी फाइनान्सहरुको यस्तो नाफा क्रमशः चार करोड ११ लाख ५२ हजार र दुई करोड ६२ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

जानकी फाइनान्सले भने आव २०७८-०७९ मा चार करोड ३० लाख ८९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा जानकीको यस्तो नाफा तीन करोड ११ लाख ९४ हजा रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?