तीन दिने भ्रमणका लागि आज चीन जाँदै परराष्ट्रमन्त्री खड्का

लोकपथ
143
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् ।

उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गत हुनेछ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?