सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

लोकपथ
702
Shares

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आज (मंगलबार) बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको थियो । जसका कारण धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण गरिएको हो। गोलाप्रथाबाट बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ६ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले कम्पनीको सेयर पाएका छन्।

कम्पनीको आईपीओमा कुल १४ लाख १३ हजार ५७२ आवेदन परेको थियो। जसमध्ये ८७३ आवेदन शंकास्पद भएका कारण अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन्। बाँकी १४ लाख १२ हजार ४६८ आवेदनमा उक्त सेयर बाँडफाँट गरिएको थियो ।

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमा, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर यस दिन बाँडफाँट गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?