१३ चैत्र २०७९, सोमवार

विजय गच्छदार साधारण सदस्य नहरने गरि फोरमबाट निष्कासित

२०७४,आश्विन,३०,सोमवार १२:३८

0
Shares

काठमाडौं, ३० भदौ – नेपाल लोकतान्त्रीक फोरमका अधिकाश केन्द्रिय सदस्यहरु काँग्रेसमा सहभागि नहुने बताएका छन् ।रिपोर्टर्स क्लब नेपालमा, नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष भानुराम थारुको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थारुले यस्तो बताएका हुन।सह–अध्यक्ष शिवलाल थारुले भने,‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ति सबै हल्ला हुन, हामी यहि पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदि मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ।’थापाले अघि थपे,‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नु भयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ।’मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ।’पार्टीले जारि गरिएको विज्ञप्तीमा भनिएको छ,‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंत्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ।’

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १२:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका लागि सरकारी निवासको टुंगो लागेको छ । लैनचौरस्थित पूर्व उपराष्ट्रपति परमानन्द झा र

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६