लोकपथ टप फिप्टिन हेडलाइन्स : सिंहदरबारमै कर्मचारीकाे आन्दाेलनदेखि क्रिकेटमा नयाँ प्रशिक्षकसम्म

लोकपथ
117
Shares

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन, कार्यदलको अर्को बैठक साउन २६ गते बस्ने ।

२. आदिवासी, जनजातिको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुक समृद्ध नहुने कुरालाई आत्मासाथ गर्दै अघि बढ्नुपर्नेमा जोड ।

३. साउन अन्तिम सातादेखि कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन सुरु हुने, कुहिने फोहोरलाई व्यवस्थापन गर्न महानगरले लियो कीर्तिपुरमा करिब ५० रोपनी जग्गा, दैनिक ४० हजार किलो फोहोरको व्यवस्थापन गरी मल उत्पादन गरिने ।

४. असमान तरिकाले तलब वृद्धि गरिएको भन्दै विभिन्न कर्मचारी संगठनहरु असन्तुष्ट, बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत तलब तत्काल सच्याउन अर्थमन्त्रीसमक्ष माग ।

५ अबदेखि नागरिकतामा अपमानजनक नाम राख्न नपाइने, यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताकोे प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले नाम सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउन दिइने ।

६. पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, ४७० जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु ।

७. प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोसपामा विलय हुँदै, दुई पार्टीबीच पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमति ।

८. यात्रुसँग बढी भाडा असुलेको विषयमा अनुगमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन, तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न आग्रह ।

९. मकवानपुरको रातमाटेमा एक स्कुल बससहित ४ सवारीसाधन एकआपसमा ठोक्किँदा २५ विद्यार्थीसहित ३३ जना घाइते, घाइतेको हेटौंडास्थित हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार हुँदै ।

१०. मलेसियाले दुई हप्ताका लागि कामदारको आवेदन लिन लगायो रोक, मागपत्र प्रमाणीकरण भइसकेका कामदार भने सहज रूपमा जान पाउने ।

११ सोमबार सेयर बजारमा गिरावट, नेप्से परिसूचक १७.६८ अंकले घट्दा २ अर्ब ८५ करोडको कारोबार, १२३ कम्पनीको सेयर मूल्य घट्यो ।

१२. इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार, शुक्रबारदेखि भएको हमलामा ६ बालबालिकासहित ३१ प्यालेस्टिनी मारिए, २७५ जना घाइते ।

१३. युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट जापोरिज्जियामा गोलाबारी भएसँगै निरिक्षणका लागि आणविक प्लान्टमा पहुँच दिन अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह, आणविक प्लान्टमा भएको कुनैपनि आक्रमण ‘आत्मघाती’ भएको राष्ट्रसंघको भनाइ ।

१४. नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त, नेपाली क्रिकेट टोलीलाई उचाइमा पुयाउने प्रशिक्षक प्रभाकरको प्रतिवद्धता ।

१५.  मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईमा गल्फ कोर्ष निर्माण, उक्त गल्फ कोर्षमा आगामी भदौ ११ गते टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज आयोजना हुँदै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?