मटानमा झुण्डिएको अवस्थामा एक जना मृत भेटिए

लोकपथ
78
Shares

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मटानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बिहान झिसमिसमा मतान पछाडिको बाटो हुँदै बाँदर धपाउन जाँदै गरेका छिमेकी चनबहादुर तामाङले दर्नाललाई झुण्डिएको अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए ।

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएको प्रहरीले घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दर्नाल शनिबार बजार गएर बेलुका घर फर्किएका थिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् । श्रीमती र छोराछोरी उठ्नु अगावै उनलाई छिमेकीले मृत फेला पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?