नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन कुनै कसर बाँकी नराख्ने गण्डकीका मुख्यमन्त्री पोखरेलकाे प्रतिबद्धता

लोकपथ
104
Shares

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेल र मेयर धनराज आचार्यले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाकारी दिएका हुन् ।

सदस्य सचिव घिसिङले आइतबार मेयर आचार्यले भेटको क्रममा नवौंलाई सफल बनाउन महानगरपालिकाले आवश्यक बजेट छुट्याइसकेको र प्रतियोगितालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने जनाए जानकारी दिए ।

यता, मुख्यमन्त्री पोखरेलले घिसिङलाई गण्डकी प्रदेशको खेलाडी छनोट र आवश्यक तयारीका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा बजेट निर्धारण भइसकेको समेत जानकारी गराएका छन् ।

यसबाहेक घिसिङसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको तर्फबाट नवौंलाई सफल बनाउन अन्य तयारीमा छलफल तीब्र गतिमा अघि बढिरहेको समेत जानमारी दिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ३६ वटा खेलहरूलाई समावेश गरिएको छ भने २ वटा खेललाई प्रदर्शनी खेलको रूपमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?