अग्नी ग्रुपको ‘टु-एस’ सर्भिस सेन्टर अब पोखराको प्रश्याङ्गमा पनि

लोकपथ
91
Shares

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु-एस’ सर्भिस सेन्टर “पोखरा अटो वर्कश’’ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ ।

पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ ।

अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुवेदीद्वारा सामूहिक रुपमा पोखरा अटो वर्कशको उद्घाटन गरिएको छ ।

अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?