चुनावमा गठबन्धनकाे तालमेल मिलाउने कार्यदलमा कृष्णप्रसाद सिटौला संयोजक चयन

लोकपथ
143
Shares

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेल तथा सिट बाँडफाँटकाे लागि गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

कृष्णप्रसाद सिटौलाकाे संयाेजकत्वमा रहेकाे उक्त कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने छ ।

सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको हाे ।

उक्त कार्यदलमा नेपाली काँग्रेसबाट कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा रहेका छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ रहेका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?