महानगरका हरेक समस्या अब आफ्नै जस्तो लाग्न थालिसक्यो : रेनु दाहाल

लोकपथ
208
Shares

चितवन । भरतपर महानगरकी मेयर रेनु दाहालले महानगरभित्रका समस्याहरु आफ्नै व्यक्तिगत जस्तो लाग्न थालेको बताएकी छिन् ।

सोमबार अनेरास्वियु (क्रान्तिकारी), केन्द्रीय क्याम्पस कमिटी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको बिदाई कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।

मेयरका रुपमा पहिलो कार्यकालमा भरतपुरमा कसरी अन्त भन्दा पृथक र राम्रो गर्न सकिएला भन्ने तर्फ आफ्नो प्रयास केन्द्रित रहेको र त्यसले महानगरभित्र विकासका योजनाहरु अघि बढाउन मद्धत गरेको उनको भनाई थियो ।

सोही कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले कृषि परिषद्का लागी विद्यार्थीहरुको संघर्षमा संगठन राख्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?